एभरेष्ट कलरको आइपिओ बाँडफाँट सम्पन्न

Gyanmandu | Achieving Excellence Together
एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिहीबार बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट प्रक्रिया सम्पन्न भएको हो।

कम्पनीले जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ६ लाख ५५ हजार ७०० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो। उक्त शेयरको कुल निष्कासन रकम ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबर रहेको थियो।

आइपिओमा लगानीकर्ताको उल्लेखनीय आकर्षण देखिएको छ। निष्कासन अवधिभर २६ लाख ८७ हजार ४२१ जनाबाट २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता शेयरका लागि आवेदन परेको थियो। तीमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएका छन् भने आवश्यक मापदण्ड पूरा नभएका केही आवेदन रद्द गरिएको छ।

मागभन्दा धेरै आवेदन परेकाले कम्पनीले गोला प्रथा विधिबाट शेयर बाँडफाँट गरेको हो। बाँडफाँट परिणामअनुसार ६५ हजार ५७० जना आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x