श्रम स्वीकृति प्राप्त गरिसकेका वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ट्रेड टावर लिमिटेडको आइपिओमा आवेदन दिने वैशाख २२ गते (आज) अन्तिम दिन रहेको छ। कम्पनीको अनुसार नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १ हजार कित्ता तोकेको छ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट कुल ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ जारी पुँजीको ४८.६९६ प्रतिशत बराबरको सेयर अर्थात् ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ मूल्य बराबरको १०० रुपैयाँ अङ्कित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासनको स्वीकृति दिएको हो ।यस अन्तर्गत कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति प्राप्त गरिसकेका वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर सार्वजनिक गरेको हो ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
ट्रेड टावर लिमिटेडको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
