संस्थापक शेयर बिक्री गर्दै स्वावलम्बन लघुवित्त



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीले ६० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् । बिक्री हुन लागेको सो शेयरको मूल्य प्रति कित्ता रु. ५५० रहेको छ ।

यसमा २२ असारदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो लघुवित्तले जानकारी दिएको छ । लघुवित्तका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले २२ असारबाट सो लघुवित्तको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने सो लघुवित्तले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x