नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आज २५ औँ वार्षिक साधारण सभा गर्दै

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले यही मङ्सिर ०२ गते (आज) २५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डाैँमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजी रू. ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँको ३.३६६३ प्रतिशतले हुन आउने रकम रू. ३७ करोड ५० लाख बराबर को बोनस शेयर र चुक्ता पुँजीको ७.६३३७ प्रतिशतले हुन आउने रकम रू. ८५ करोड ३ लाख ६४ हजार ५ सय ८२ रुपैयाँ बराबर को नगद लाभांश गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।


आर्थिक वर्ष (आ.व) २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि कार्तिक १५ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा कार्तिक १४ गतेसम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x