नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल चैत्र ०९ गते, बिहीबार अपराह्न ४:३० बजे बसेको सञ्चालक समितिको ७७ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई ७३.६८४२१०५२५५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने रकम रु. १२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर, २० प्रतिशतले हुन आउने रकम रु. ५ करोड १० लाख रुपैयाँ बराबरको नगद लाभांश र ३.६८४२१०५२५५ प्रतिशतले हुन आउने रकम रु. ९३ लाख ९४ हजार ७३६ रुपैयाँ ८४ पैसा कर प्रयोजनको लागि नगद लाभांश स्वरूप आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयर धनीहरूले प्राप्त गर्ने नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।
नेष्डाे समृद्ध लघुवित्तको आकर्षक लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
