सानिमा बैङ्कको संस्थापक शेयर बिक्रीमा


सानिमा बैङ्क लिमिटेडले संस्थापक शेयरधनी सुधीर कुमार अग्रवालको स्वामित्वमा रहेको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैङ्कले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ निर्धारण गरेको जनाएको छ। नेपाल राष्ट्र बैङ्कको प्रचलित व्यवस्थाअनुसार संस्थापक शेयर खरिदमा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई हुने भएकाले हाल उक्त शेयर उनीहरूका लागि मात्र बिक्री खुला गरिएको हो।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौँको नक्सालस्थित बैङ्कको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

तोकिएको अवधिमा संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन नआएमा बाँकी शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गर्ने प्रक्रिया अघि बढाइने बैङ्कले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x