बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको साझा संस्था नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्। संघको ४०औँ वार्षिक साधारणसभाबाट रेग्मीलाई नयाँ अध्यक्षको जिम्मेवारी दिइएको हो।

यसअघि संघको उपाध्यक्ष रहेका रेग्मीले निवर्तमान अध्यक्ष सन्तोष कोइरालाको कार्यकाल सकिएसँगै रोलक्रमका आधारमा संघको नेतृत्व सम्हालेका हुन्। बैंकर्स संघमा विगत लामो समयदेखि विद्यमान उपाध्यक्षलाई अध्यक्ष बनाउने अभ्यास रहँदै आएको छ र सोही परम्पराअनुसार रेग्मी निर्विरोध अध्यक्ष बनेका हुन्।

सुस्त कर्जा विस्तार, खराब कर्जाको दबाब र बैंकहरूको आम्दानी तथा नाफामा देखिएको चुनौतीबीच नयाँ नेतृत्वले नियामक निकाय नेपाल राष्ट्र बैंक र सरकारसँग नीतिगत विषयमा कसरी समन्वय गर्छ भन्ने चासो बैंकिङ क्षेत्रमा देखिएको छ। बैंकिङ प्रणालीको स्थायित्व, तरलता तथा कर्जा व्यवस्थापन र संस्थागत समन्वयलाई रेग्मीको कार्यकालको मुख्य प्राथमिकताका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x