नेप्सेमा शुक्रवार नबिल बैङ्कको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रवार फाल्गुन २६ गते शुक्रवारका दिन नबिल बैङ्क लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ।

नेपाल स्टक एक्सचेन्जमा शुक्रवार नबिल बैङ्क लिमिटेडको कुल ४ करोड २२ लाख  ४० हजार ८८१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १८.५० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरू माझ वितरण गरेको थियो । कम्पनीको सोही बोनस शेयर नेप्सेमा शुक्रवार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x