सूर्योदय वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरुले ९७ हजार २९२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका पाँच जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा १४ असारदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो लघुवित्तले जानकारी दिएको छ । लघुवित्तका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले १४ असारबाट लघुवित्तको कर्पोरेट कार्यालय महालक्ष्मी-०४, ललितपुरमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने लघुवित्तले जनाएको छ ।
संस्थापक शेयर बिक्री गर्दै सूर्योदय वाेमी लघुवित्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
