कालिका लघुवित्तले १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो


कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार १८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले विद्यमान संस्थापक शेयर धनीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो।

यस अघि संस्थाले विद्यमान संस्थापक शेयर धनीलाई प्राथमिकता दिँदै ३५ दिने सूचना जारी गरी सेयर खरिदका लागि आवेदन माग गरेको थियो। तोकिएको अवधिभित्र कुनै पनि संस्थापक शेयर धनीबाट लिखित आवेदन नपरेपछि संस्थाले उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीले समेत खरिद गर्न सक्ने गरी बिक्री खुला गरेको हो।

अब संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित पोखरास्थित संस्थाको केन्द्रीय कार्यालयमा लिखित आवेदन पेस गर्नुपर्नेछ।

संस्थाका अनुसार आवेदन सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमा बुझाइसक्नुपर्नेछ। प्राप्त आवेदनका आधारमा संस्थाले तोकेको प्रक्रियाअनुसार संस्थापक सेयर बिक्री गरिनेछ।

संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवेदनसँगै आवश्यक विवरण तथा कागजातसमेत पेस गर्नुपर्नेछ। यसअघि विद्यमान संस्थापक शेयर धनीलाई प्राथमिकता दिइएको भए पनि आवेदन नपरेपछि अन्य व्यक्ति तथा कम्पनीका लागि समेत सेयर बिक्री खुला गरिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x