साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले घटेर १८२१ दशमलव ६४ को विन्दुमा कायम भएको छ। आज कूल २६३ कम्पनीहरूका २७ लाख ८८ हजार ८१५ कित्ता शेयर रु. ९० करोड ०५ लाख ६३ हजार ८५६ मा खरिद बिक्री भए।
कारोबार रकमका आधारमा नागरिक लगानी कोषको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ५ करोड ३५ लाख ७५ हजार ७८१ बराबरको शेयर कारोबार भयो । त्यस्तै, हिमालयन डिस्टिलरी लिमिटेडको शेयर रु ४ करोड ५९ लाख ६९ हजार १८९ बराबरको शेयर कारोबार भएको छ।
यता, एनआईसी एशिया बैङ्क लिमिटेडको ४ करोड ५७ लाख ५४ हजार ७०४ कारोबार हुँदा शिवम सिमेन्ट लिमिटेडको रु ३ करोड ६० लाख ७१ हजार ५९० शेयर र नबिल बैङ्क लिमिटेडको ३ करोड ७ लाख ९० हजार ८०१ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
