
मुहान हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले आगामी भदौ २० गते भक्तपुरको वाराही स्थानमा दिउँसो १ बजे सभा आयोजना गर्न लागेको हो।
साधारण सभामा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने प्रस्ताव पेस गरिनेछ। आइपिओ जारी गर्न आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावसमेत सभामा छलफल गरी पारित गरिनेछ।
त्यस्तै, कम्पनीलाई अन्य हाइड्रोपावर कम्पनी वा संस्थासँग गाभ्ने तथा मर्जरमा जाने सम्बन्धमा आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाको कार्यसूचीमा राखिएको छ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नेछ। साथै, चालु आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरिनेछ।
यसै गरी, कम्पनी सचिव नियुक्तिसम्बन्धी प्रस्ताव पनि वार्षिक साधारण सभामा पेस हुने कम्पनीले जनाएको छ।
मुहान हाइड्रोपावरले आइपिओ जारी गर्ने, भदौ २० मा वार्षिक साधारण सभा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
