यही जेठ २२ गते देखि हिमाल दोलखा हाईड्राेपावर कम्पनीले हकप्रद शेयर जारी गर्दै



हिमाल दोलखा हाईड्राेपावर कम्पनी लिमिटेडले हकप्रद शेयर ज्येष्ठ २२ देखि जारी गर्ने भएको छ। कम्पनीको हाल कायम चुक्ता पुँजी रु. १ अर्ब ६० करोडको आधारमा १ बराबर शून्य दशमलव ७५ को अनुपातमा शेयरधनीहरुलाई कम्पनीले हकप्रद शेयरको निष्कासन खुल्ला गर्ने भएको छ ।

सो कम्पनीले प्रति शेयर रु.१०० अङ्कित दरको १ करोड ६० लाख कित्ता साधारण शेयरको हकप्रद शेयर अनुपात १ शेयर बराबर ०.७५ शेयरको १ करोड २० लाख कित्ता हकप्रद साधारण शेयर निष्कासन तथा विक्री खुल्ला गर्ने भएको छ ।

सो कम्पनीको हकप्रद शेयरको निष्कासन बन्द हुने मिति असार १० गते रहेको छ।

हिमाल दोलखा हाईड्राेपावर कम्पनी लिमिटेडले हकप्रद शेयर प्रयोजनका लागि वैशाख २७ गते एक दिनका लागि बुक क्लाेज गरेको थियो। जसको अनुसार वैशाख २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। उक्त कम्पनीको हकप्रद शेयर खरिदका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँबानेश्वर, काठमाडौँ; हिमाल दोलखा हाईड्राेपावर लिमिटेड, कालाेपुल र लक्ष्मी बैङ्क लिमिटेड, इलाम शाखाबाट आवेदन पेस गर्न सकिनेछ।

साथै कम्पनीको हकप्रद शेयर खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू तथा सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो सेयर" अनलाइन प्रयोग गरी सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x