धितोपत्र बजारमा १.३८ अङ्ककाे गिरावट, नेप्से १८४४.१४ को विन्दुमा | NEPSE


 

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव ३८ अंकले घटेर १८४४ दशमलव १४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ०९ अंकले बढेर ३६३ दशमलव ०५ को विन्दुमा पुगेको छ ।



आज कूल २२१ कम्पनीहरूका १५ लाख ४६ हजार ८५७ कित्ता शेयर रु ५० करोड ७६ लाख ८९ हजार ५६० मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूह मध्य ट्रेडिङ उपसमूह १२ दशमलव ११ अङ्कले, विकास बैंक उपसमूह ८.०८ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव १ अङ्कले बढेकाे छ । बैंकिङ उपसमूह शुन्य दशमलव ०९ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ६.२ अङ्कले, जलविद्युत उपसमूह १०.०७ अङ्कले, वित्त उपसमूह ३.०९ अङ्कले, निर्जीवन बीमा ३२.८७ अङ्कले, उत्पादन उपसमूह शुन्य दशमलव ८ अङ्कले, अन्य उपसमूह शुन्य दशमलव ८ अङ्कले, लघुवित्त उपसमूह शुन्य दशमलव ०७ अङ्कले, जीवन बीमा उपसमूह ५.७५ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ०४ अङ्कले घटेका छन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x