आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू



साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १० दशमलव ६६ अङ्कले बढेर १८४४ दशमलव ३६ को विन्दुमा कायम भएको छ।

पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा ६.४७ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । कालिन्चोक दर्शन लिमिटेडका शेयरधनीहरुले ४.६५ प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ४.०५ प्रतिशत, युनिलिभर नेपाल लिमिटेडका शेयरधनीहरुले ४.०४ प्रतिशत र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले ४.०३ प्रतिशतका दरले कमाएका छन् ।


यता, युनिक नेपाल लघुवित्तका लगानीकर्ताहरूले ८.६८ प्रतिशतले गुमाउँदा सिटिजन्स म्युचुअल फण्ड-२ ४.३२ प्रतिशत, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ ३.९२ प्रतिशत, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड २.७५ र एनआईविएल ग्रोथ फण्ड २.७५ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x