धितोपत्र बजारमा ५२.२६ अङ्कको वृद्धि, नेप्से २०९४.३३ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर २०९४ दशमलव ३३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव १८ अङ्कले बढेर ३९० दशमलव ५६ को विन्दुमा पुगेको छ ।

आज कूल २८० कम्पनीहरूका १ करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर रु. ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार ०१६ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ३ दशमलव ५५ अङ्कले घटेको छ । यता विकास बैङ्क उपसमूह ५० दशमलव १२ अङ्कले बढ्दा वित्त उपसमूह ३५ दशमलव ७७ अङ्कले, होटेल तथा पर्यटन उपसमूह २९४.४० अङ्कले, जलविद्युत उपसमूह १०२.०१ अङ्कले, लगानी उपसमूह उपसमूह १.०४ अङ्कले, जीवन बिमा उपसमूह ६९४.१४ अङ्कले, उत्पादन उपसमूह १४२.०१ अङ्कले, लघुवित्त उपसमूह १०३.५२ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १२ अङ्कले, निर्जीवन बिमा ५००.३० अङ्कले, अन्य उपसमूह ८६.३० अङ्कले र ट्रेडिङ उपसमूह ८७.०८ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x