"खल्ती" ले आतिफ असलम को लाइभ म्युजिकल शो मा एक मात्र आधिकारिक टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ। तरिस ईन्टरटेनमेन्ट र एम् एन प्रोडक्सन् सँग सम्झौता गर्दै काठमाडौँ म्युजिक फेस्टिभल २०२४ हुन गई रहेको दक्षिण एसियाकै चर्चित आवाज- आतिफ असलम को लाइभ शो मा खल्तीले बक्स अफिस देखि अनलाइन टिकट सेल्सको सम्पूर्ण जिम्मा लिएको छ। 
‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’-चैत्र ३० र वैशाख १ मा काठमाडौँको हायात रिजेन्सी ग्राउन्डमा दिउँसो ४ बजे सुरु हुन गई रहेको छ। खल्ती प्रयोगकर्ताले यस इभेन्टको टिकट सजिलै खल्ती एप मार्फत खरिद गरी आफ्नो ठाउँ समयमै सुनिश्चित गर्न सक्नेछन्। आयोजकका अनुसार नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’मा  आतिफ असलम को कन्सर्ट पहिलो दिनको लागि तय गरिएको छ भने दोस्रो दिनमा थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहनेछ । दुवै इभेन्टको टिकट खल्तीमा उपलब्ध छ।
खल्तीले अहिले सम्म 5000+ इभेन्ट कार्यक्रमहरूमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा सहकार्य गर्दै अनलाइन टिकटिङको एक  उत्कृष्ट माध्यम बन्न सफल भएको छ। केही महिना अघि मात्र हायात रिजेन्सी ग्राउन्डमै भएको अरिजित सिंह लाइभ शो मा खल्तीले अनलाइन र बक्स अफिस टिकटिङ को जिम्मेवारी निकै नै सराहनीय ढङ्गले पूरा गरेको थियो । सो टिकटिङ व्यवस्था अनुसार १५०००ं दर्शकले उक्त इभेन्टको हिस्स बन्ने अवसर पाएका थिए। खल्तीले सोही तवर र सहजताका साथ आतिफ असलम को कन्सर्ट रहेको साे म्युजिक फेस्टिभल को टिकटिङ व्यवस्था गरेको छ प्रयोगकर्ताहरूले निर्धक्क भई  सुविधा जनक तवरबाट अनलाइन टिकट खरिद गर्न सक्ने कुरामा खल्ती विश्वस्त रहेकाे जनाएकाे छ। 
आफ्नो स्वर बेल्टिङबाट परिचित आतिफले तेरे सँग यारा, जीना जीना, वो लम्हे वो बाते, जब कोही बात, पहली दफा जस्ता हिट गीत गाएका छन् भने सन् २००८ मा पाकिस्तान सरकारबाट चौथो सर्वोच्च नागरिक सम्मान 'तमग़ा-ए-इम्तियाज़' बाट सम्मानित भएका थिए। उनको सुमधुर आवाज र गायन क्षमताले ठुलो सङ्ख्यामा दर्शक श्रोता मन जित्न सफल भएको छ भने थुप्रै अवार्डहरू पनि कमाएको छ।
यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्नुहुन्छ , "खल्ती फेरी पनि एम् एन प्रोडक्सन् सँग टिकटिङ्ग पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा निकै नै उत्साहित छ। केही महिना अघि मात्र गराज ईन्टरटेनमेन्ट र एम् एन प्रोडक्सन् द्वारा  आयोजित अरिजित सिंह लाइभ शो मा टिकटिङ्ग पार्टनरको जिम्मेवारी बहन गर्दै उल्लेखनीय सफलता पश्चात्  हामी फेरी पनि ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ ( आतिफ असलम को लाइभ शो को एक मात्र टिकटिङ्ग प्लेटफर्मको रूपमा उपस्थित भएका छौँ । हामीले खल्तीलाई एक इनोभेटिभ तथा युवामैत्री लाइफ स्टाईल ब्रान्डको रूपमा स्थापित गराउने उद्देश्य लिएका छौँ र खल्तीले  यस्तो किसिमको सहकार्यहरूले हाम्रो उद्देश्यलाई थप साथ दिने कुरामा आशावादी छौँ। यसै उद्देश्यलाई निरन्तरता दिँदै हामीले प्रयोगकर्ताहरूलाई सहज र झन्झट मुक्त तरिकाले टिकट खरिद गर्ने सेवा हाम्रो प्लेटफर्म मार्फत उपलब्ध गराएका छौँ र बढी भन्दा बढी प्रयोगकर्ताहरूले यस सुविधा बाट लाभ लिनु हुनेछ भन्ने अपेक्षा राखेका छौँ ।”
 
आतिफ असलमको कन्सर्ट: "खल्ती" एक्सक्लुसिभ टिकटिङ्ग पार्टनर
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    