धितोपत्र बजारमा ४७.४४ अंकको वृद्धि, नेप्से परिसूचक १९८१.४८ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४७ दशमलव ४४ अंकले बढेर १९८१ दशमलव ४८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ९ दशमलव १९ अंकले बढेर ३८५ दशमलव ३६ को विन्दुमा पुगेको छ ।


आज कूल २२७ कम्पनीका ४६ लाख १८ हजार ५१६ कित्ता शेयर रु १ कराेड ४५ करोड ३८ लाख २४ हजार ६४९ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह २४ दशमलव ४६ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १०७.२९ अङ्कले, होटल तथा पर्यटन उपसमूह ६६.९७ अङ्कले, विकास बैंक उपसमूह १६०.८९ अङ्कले, जलविद्युत उपसमूह ७८.६१ अङ्कले, वित्त उपसमूह ९७.१३ अङ्कले, निर्जीवन बीमा ११६.९६ अङ्कले, उत्पादन उपसमूह १११.७५ अङ्कले, अन्य उपसमूह ४०.५ अङ्कले, लघुवित्त उपसमूह १०६.३३ अङ्कले, जीवन बीमा उपसमूह १३३.३२ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव १८ अङ्कले र लगानी उपसमूह १ दशमलव ५६ अङ्कले बढेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x