धितोपत्र बजारमा शुन्य दशमलव १८.०७ अंकको वृद्धि, नेप्से परिसूचक २६३४.६५ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ०७ अंकले बढेर २६३४ दशमलव ६५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ९२ अंकले बढेर ४९६ दशमलव ३० को विन्दुमा पुगेको छ ।


आज कूल २३१ कम्पनीका ५१ लाख ८९ हजार ०८३ कित्ता शेयर रु २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य होटल तथा पर्यटन उपसमूह १३ दशमलव ६१ अङ्कले र अन्य उपसमूह ४२.१३ अङ्कले घटेका छन् । यता, बैंकिङ उपसमूह ५ दशमलव ९२ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ३५ दशमलव २५ अङ्कले, विकास बैंक उपसमूह १३३.९६ अङ्कले, जलविद्युत उपसमूह ८३.६७ अङ्कले, वित्त उपसमूह ५६.०४ अङ्कले, निर्जीवन बीमा ४६.२९ अङ्कले, उत्पादन उपसमूह ३४.८१ अङ्कले, लघुवित्त उपसमूह ३३.३७ अङ्कले, जीवन बीमा उपसमूह १७२.३५ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०९ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ९२ अङ्कले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x