नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गरे वापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (Top up) गरे बापत ग्राहकहरूलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले रु. २००।, रु. ५००। र रु. १०००। दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो ।

रु. २०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस बापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र रु. ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस बापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुने कुरा सो कम्पनीले बताएको छ । त्यसै गरी रु. १००० को रिचार्ज कार्ड प्रयोग गर्दा यस बापत १० दिनसम्म प्रयोग गर्न सक्ने १० जीबी डाटा बोनस स्वरूप प्राप्त हुने कुरा कम्पनीले जनाएको छ ।


यो अफर भोलि (२०७९ मंसिर २०) देखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने कुरा कम्पनीले बताएको छ ।

सो अफरबाट ग्राहकहरूले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा राखेको कम्पनीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x