४८ मेगावाट बिजुली आपूर्तिको साथै जगदम्बा इन्टरप्राइजेज विद्युत् प्राधिकरणको सबैभन्दा ठुलो ग्राहक

बारा-पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेज ४८ मेगावाटसम्म विद्युत् लिन नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र स्टिल उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट विद्युत् लिन लागेको हो । उद्योगले अहिले करिब चार मेगावाट विद्युत् आपूर्ति लिइरहेको थियो ।

प्राधिकरणले परवानीपुर १३२ केभी सब स्टेसनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई थप विद्युत् आपूर्ति दिने छ । थप विद्युत् आपूर्तिका लागि बिहीबार उद्योग परिसरमा राखिएको ६६/११ केभी, ५० एमभिए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याएको छ ।


उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभी को स्वीचयार्ड बनाएको छ । प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीबार स्वीचयार्डको परीक्षण तथा सञ्चालन गरेको हो ।

यो सँगै जगदम्बा इन्टरप्राइजेज विद्युत् आपूर्ति लिने सबैभन्दा ठुलो ग्राहक बनेको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए । ‘उद्योगले अहिले ४.८ एमभिएको लोड लिइरहेको थियो, थप ४४ एमभिए लोड दिनका लागि लाइन तथा ट्रान्सफर्मर परीक्षण सम्पन्न गरी क्रमशः स्वीकृति लोडबमोजिम थप विद्युत् दिन सुरु गरिएको छ,’उनले भने, ‘स्वीकृति लोडअनुसार विद्युत् लिएमा उद्योगले मासिक रूपमा २० करोड रुपैयाँभन्दा बढी महसुल तिर्ने छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x