बिजबजार र बन्दीपुर केबलकार बिच सहकार्य: सेवाग्राहीलाई आकर्षक छुट योजना घोषणा

नेपाली ई–कमर्श प्लेटफर्म बिजबजार लिमिटेड र पर्यटकीय गन्तव्य बन्दीपुरमा अवस्थित बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडबिच बजार प्रवर्द्धन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । २०८२ साल जेठ २१ गते सम्पन्न उक्त सम्झौतामा बिजबजारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्सव ढकाल र बन्दीपुर केबलकारको तर्फबाट महाप्रबन्धक रोमन मान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।

सो सम्झौता अनुसार बिजबजारका ग्राहकहरूले बन्दीपुर केबलकारको टिकटमा २५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, बन्दीपुर केबलकारका सेवाग्राहीहरूले बिजबजार मार्फत सामान खरिद गर्दा फ्ल्याट १५ प्रतिशतको छुट प्राप्त गर्नेछन् । उक्त साझेदारीले आन्तरिक पर्यटन र डिजिटल व्यापार दुवैको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x