
देशभर हाल मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित रहेकाले व्यापक प्रभाव नपरेको प्रस्ट भएको हो।
आज दिउँसो देशभर साधरणतया बदली रहने अनुमान गरिएको छ। विशेष गरी पहाडी भू–भागका केही स्थानहरूमा र तराई क्षेत्रका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही तराई क्षेत्रहरूमा हावाहुरी चल्ने सङ्केत गरिएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशसँगै देशका अन्य पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
देशभर मनसुन कमजोर, पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
