मानूषी लघुवित्तमा राेजगारीकाे अवसर


ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकबाट घ वर्गको ईजाजतपत्र प्राप्त बनेपा न.पा. १३, भैसेपाटी, काभ्रेमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालयको लागि देहाय बमोजिमको पदमा कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट परिपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध) दिनभित्र आवेदन आव्हान गरिन्छ। 

विज्ञापन नं. : ६/२०७८/२०७९

पद : वरिष्ठ अधिकृत

श्रेणी : अधिकृत श्रेणी

संख्या : १

आवश्यक न्युनतम योग्यता : Semi Qualified CA वा ACCA उत्तिर्ण गरी कुनै पनि लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा कम्तीमा १ वर्ष अधिकृत स्तरको लेखा तथा वित्त व्यवस्थापन  विभागमा रही काम गरेको अनुभव भएको हुनुपर्नेछ । 

नोट: 

१. उमेरको हदः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ । 

२. परिक्षाको किसिमः छोटो सूचीमा परेकाहरु मध्ये अन्तरवार्ताको माध्यमबाट छनौट गरिनेछ । 

३. तलब भत्ता तथा सुविधाः वित्तीय संस्थाको नियमानुसार हुनेछ । 

४. विशेष प्राथमिकता: कम्प्युटर (वर्ड, एक्सल, ईमेल, इन्टरनेट) को राम्रो ज्ञान भएको साथै मोटरसाईकलको लाइसेन्स प्राप्त व्यक्तिलाई प्राथमिकता दिईनेछ । 

५. दरखास्त बुझाउने स्थान: मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय वा manushi.hragmail.com मा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो सहितको निवेदन, आफ्नो बायोडाटा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा आवश्यकता अनुसार कार्य अनुभव पठाउन सकिनेछ । 

६. दरखास्त दिने अन्तिम दिन विदा परेमा सोको भोलिपल्ट बुझाउन सकिनेछ ।

७. म्याद नाघेको वा रित नपुगेको निवेदनहरु स्वत रद्द हुनेछ । छनौट सूचीमा परेका उम्मेदवारलाई मात्र अन्तरवार्तामा बोलाउनुको साथै कर्मचारी आवश्यकताको विज्ञापन स्थगन गर्ने, रद्द गर्ने र छनौट सम्बन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित रहनेछ। 

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड  

फोन नं. ०११-६६२७८५, ०११-६६३१२७, 

Website: www.manushilbs.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x