साना किसान विकास लघुवित्तको नाफामा १७.४४ प्रतिशतको वृद्धि

Sana Kisan Bikas Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १७.४४ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ६० कराेड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ७० कराेड ८३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको साना किसान विकास लघुवित्तले ३ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, साना किसान विकास लघुवित्तले १६ अर्ब ३० करोड ४३ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १ अर्ब ६८ करोड १७ लाख रुपैयाँ रहेको छ।

साना किसान विकास लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १०.६७ प्रतिशतले बढेर १ अर्ब ३४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ०.६८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ २८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६६ रुपैयाँ ०८ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १०८२ काे आधारमा मूल्य आम्दानी अनुपात २३.८९ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x