धितोपत्र बजारमा २.१२% को गिरावट, नेप्से २५७७.५० को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर २५७७ दशमलव ५० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ११ दशमलव ०७ अंकले घटेर ४८५.९८ को विन्दुमा पुगेको छ ।

आज कूल २३२ कम्पनीका ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर रु ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४५ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह २९ दशमलव २६ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ५६ दशमलव ६३ अङ्कले, होटल तथा पर्यटन उपसमूह १०२.८२ अङ्कले, विकास बैंक उपसमूह १३८.४१ अङ्कले, जलविद्युत उपसमूह १११.६१ अङ्कले, वित्त उपसमूह ९७.१२ अङ्कले, निर्जीवन बीमा १८८.५ अङ्कले, उत्पादन उपसमूह १०७.४५ अङ्कले, अन्य उपसमूह ३३.९२ अङ्कले, लघुवित्त उपसमूह ६९.३९ अङ्कले, जीवन बीमा उपसमूह २७२.१४ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १७ अङ्कले र लगानी उपसमूह ३ दशमलव ३३ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x