ज्योति लाइफ र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी बिच सेवा सम्झौता

ज्ञानमाण्डू। ज्योति लाइफ इन्स्योरेन्स र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी प्रा.लि बिच सेवा सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । कम्पनीले आफ्ना ग्राहकहरूलाई बिमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले  सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।

सम्झौतापत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट प्रकाश विक्रम खत्री र सिद्धार्थ ग्रुपबाट कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात् ज्योति लाइफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पुरा गरेका ग्राहक, अभि कर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने भएको छ ।

उक्त कार्ड बाहक तथा निजका परिवारका सदस्यहरूले सिद्धार्थ ग्रुपअफ हस्पिटालिटी प्रा।लि। को सञ्जाल भित्र आबद्ध भएका देशका विभिन्न स्थानमा रहेका १३ भन्दा बढी होटेल, रिसोर्ट, कफी हाउस, बेकरी एन्ड क्याफेमा उपलब्ध हुने फुड एन्ड वेभरेज तथा अन्य होटेल सेवामा विशेष छुट प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x