छात्र-छात्राले प्रदर्शन गरे, स्याटेलाइट, दूरबिन र रोबर्ट


ज्ञानमाण्डू।नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का उप कुलपति सुनिलबाबु श्रेष्ठले विद्यालय तहका पाठ्यक्रममा विज्ञान तथा प्रविधि विषय सम्बन्धी विषयवस्तु समेटिनुपर्ने आवश्यकतामा जोड दिएका छन् । 

यहाँ स्थित न्यु इङ्लिस बोर्डिङ स्कुलमा सञ्चालित तीन दिने विज्ञान प्रविधि तथा अन्तरिक्ष कार्यशाला समापन समारोहमा उनले दूरदराजका विद्यालयमा विज्ञान तथा प्रविधिको व्यवहारिक अभ्यासका लागि आवश्यक उपकरणको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् । 

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले शिक्षा क्षेत्रको विकासमा नगरपालिकालाई नमुना सहरको रूपमा विकास गर्न विज्ञान र प्रविधिमा प्रोत्साहन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिए । कमला उच्च मावि, जनज्योति मावि, श्री मावि, गौमती मावि, जनता आवासीय मावि र न्यु इङ्लिस बोर्डिङ स्कुलका ४० छात्र/छात्राले व्यवहारिक अभ्याससहितको अन्तरिक्ष कार्यशालामा आ–आफ्ना आविष्कार प्रदर्शन गरेका थिए । 

आयोजक विद्यालय न्यु इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य प्रशान्त ढकालका अनुसार कार्यशालामा सहभागीले स्याटलाइट, दूरबिन र रोबर्ट प्रदर्शन गर्नुका साथै नेपाली स्याटलाइट निर्माण कर्ता आभास मास्केसँग टेलिकाष्टका माध्यमबाट नवीनतम विज्ञान तथा प्रविधिका विषयमा अन्तर्क्रियासमेत गरेका थिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x