नेपाल बैङ्कले १ अर्ब ४१ करोड नाफा कमाउँदा, प्रतिशेयर आम्दानी कति ? | Nepal Bank

nepal bank

ज्ञानमाण्डू। नेपाल बैङ्कको नाफा ४.९३ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ३५ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दाेस्राे त्रैमास सम्ममा बैंकले १ अर्ब ४१ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ ।


१४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल बैङ्कले १ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १७ अर्ब ४६ करोड रुपैयाँ र संचित मुनाफा २ अर्ब ४२ कराेड रूपैयाँ रहेको छ ।

Click here to join Gyanmandu.com's Viber Community

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेर ३ अर्ब २ करोड रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ४१ कराेड ३ लाख रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.९१ प्रतिशत र प्रतिशेयर आम्दानी १९ रुपैयाँ ६७ पैसा छ भने प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ १२ पैसा र पछिल्लाे काराेबार मूल्य रू ३८६.१० काे आधारमा मूल्य आम्दानी अनुपात १९.६३ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x