अब माछापुच्छ्रे बैंकको ‘रेमिट्याप’बाट विदेशमा रहेका नेपालीहरुले रेमिट्यान्स सजिलै पठाउन सक्ने


ज्ञानमाण्डू। माछापुच्छ्रे बैङ्क, टाइम्स रेमिट र ए.एम.भी. टेल कम्पनी बिच ‘रेमिट्याप’ मोबाइल वालेट सेवा सञ्चालन सम्बन्धी त्रि–पक्षीय सम्झौता भएको छ । सोही सम्झौता बमोजिम चैत्र २५ गते एक कार्यक्रमको आयोजना गरी ‘रेमिट्याप’ मोबाइल वालेट सेवाको शुभारम्भ गरिएको छ । यो नेपालमा सुरु गरिएको पहिलो ३६० डिग्री ई–रेमिट्यान्स र ई–पेमेन्ट माध्यम हो । अब विदेशबाट रेमिट्यान्स पठाउने नेपालीहरूका अतिरिक्त बैङ्कका ग्राहकहरू र सम्पूर्ण सर्वसाधारणले उक्त मोबाइल वालेटको प्रयोग गरी छिटो, सस्तो र सहज तरिकाले रेमिट्यान्स पठाउन सकिने बैङ्कले जानएकाे छ ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले ‘रेमिट्याप’ वालेटबाट विशेष गरी विदेशमा रहनु भएका नेपालीहरू लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको बताए । उनले वालेटमा विविध सुविधाहरू रहेको र अनलाइन, मर्चेन्ट भुक्तानी, आदि जस्ता सेवाहरू ‘रेमिकार्ड’ (इन्किृप्टेड भर्चुअल मनी कार्ड) मार्फत गर्न सकिने प्रविधि समेत रहेको बताएका छन् ।

ए.एम.भी. टेल कम्पनीका प्रबन्ध निर्देशक अनिल शर्माले हाल प्रयोगमा आउने रेमिट्यान्स पठाउने माध्यमहरुमा बढी समय र खर्च लाग्ने भएकाले विदेशमा रहनु भएका नेपालीहरूले सहज र सस्तो मूल्यमै तुरन्त नेपालका आफ्ना परिवारजनहरुको बैङ्ककै खाता/वालेटमा आउने गरी पैसा पठाउन मिल्ने सुविधा रहेको र नेपालको १० हजार ठाउँबाट रकम झिक्न सकिने व्यवस्था रहेको जनाए।


यस ‘रेमिट्याप’, आईओएस तथा एन्ड्रोइड दुवै अपरेटीङ सिस्टम प्रयोगकर्ताको लागी उपलब्ध रहेको बताइएको छ । बैङ्कले देशभर रहेका आफ्ना ९९ वटा शाखाहरू लगायत ७६ शाखा रहित बैङ्किङ सेवा र देशभरका १२१ वटा एटीएमहर बाट बैङ्किङ सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x