ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता सम्पन्न



ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रा.लि. बीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । 


सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्ने सकिने
बैंकले जनाएकाे छ ।
 

माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड वा बैंकको परिचय पत्र पेश गर्नु पर्ने बैंकले जनाएकाे ।आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातहरुसंग यस्ता सम्झौताहरु गरी समय सापेक्षता अनुरुप ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।


मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको
बैंकले जनाएकाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x