ज्ञानमाण्डू। युनाईटेड इन्स्योरेन्स कम्पनीमा कुनै पनि बीमा शुल्क भुक्तानी गर्दा अव विद्युतीय भुक्तानी सेवा प्रदायक मार्फत सजिलै भुक्तानी गर्न सकिने भएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनी र एनआईसी एशिया बैंकबीच डिजिटल पेमेन्ट सम्बन्धि सम्झौता भएसँगै यस्तो ढोका खुलेको हो ।

बिहिवार दुई कम्पनीले सम्झौता गरी सेवा सुचारु गरेका छन् । सम्झौतामा युनाईटेड इन्स्यारेन्सको तर्फबाट निमित्त कार्यकारी प्रमुख रमेश कुमार भटराई र एनआईसी एशीया बैंकको तर्फबाट सहायक कार्यकारी प्रमुख सन्तोष कुमार राठीले हस्ताक्षर गरेका छन् ।