हसनपुरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

ज्ञानमाण्डू।कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ५, हसनपुरस्थित गोवर ग्याँस चोकमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर स्थापना भएको छ । धनगढीस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख कृष्णनन्द जोशीले एक समारोहकाबीच बैंकको हसनपुर एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन्।

बैंकको हसनपुर एक्स्टेन्सन काउण्टरबाट धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक गतिविधी बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनेछ तथा श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x