लक्ष्मी इक्विटी फण्डकाे नाफा घटदा न्याभ कति?


ज्ञानमाण्डू। लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले बैशाख मसान्तसम्मकाे खुद मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

उक्त कम्पनीकाे विवरण अनुसार फण्डकाे न्याभ गत चैत मसान्तसम्ममा रू. ११ दशलव ७२ रहेकाे थियाे भने बैशाख मसान्तमा रू. ११ दशलव ५० रहेकाे कम्पनीले जनाएकाे छ। से कम्पनीकाे न्याभ रू. ० दशलव २२ ले घटेको छ।

कम्पनीकाे विवरण अनुसार फण्डकाे नाफा चैत मसान्तसम्मको तुलनामा भने १७ प्रतिशतले घटेको छ। बैशाख मसान्त नाफा १३ कराेड ५७ लाख रुपैयाँ रहेकाे छ। गत चैत मसान्तमा नाफा १६ कराेड ४० लाख रुपैयाँ भएकाे थियाे।

त्यसैगरी लक्ष्मी म्युचुअल फण्डले बैशाख मसान्तसम्मम रू. १५ करोड ८५ लाख कुल आम्दानी गरेको छ। बैशाख मसान्तमा कम्पनीकाे खर्च कुल रू. २ कराेड २८ लाख रहेकाे कम्पनीले जनाएकाे छ।

त्यसैगरी फण्डको सूचीकृत शेयरमा बैशाख मसान्तमा रू. ९४ कराेड ४० लाख लगानी रहेकाे छ। त्यसै गरी लक्ष्मी म्युचुअल फण्डले कुल रू. १७ कराेड ५० लाख रुपैयाँ बैकं मुद्दती निक्षेपमा राखेको छ भने ऋणपत्रमा ५ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ। लक्ष्मी म्युचुअल फण्डकाे बैकं मौज्दातमा भने २६ करोड १२ लाख रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x