नाडेप लघुवित्तकाे नाफा ११ करोड ४० लाख, खुद ब्याज आम्दानीमा १७.९४ प्रतिशतकाे गिरावट

Nadep Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २९ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १६ कराेड ६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ११ कराेड ४० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४८ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नाडेप लघुवित्तले ५ अर्ब १ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, नाडेप लघुवित्तले २ अर्ब ६ करोड ६९ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ।

नाडेप लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १७.९४ प्रतिशतले घटेर ३९ करोड १० लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.८९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८४ पैसा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x