लोक सेवा आयोगले पदपूर्ति तथा कर्मचारी समायोजनका लागि ठुलो संख्यामा कर्मचारी माग्यो

ज्ञानमाण्डू।जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बहुवाबाट पूर्ति गर्नुपर्ने राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार वा सो सरहका देहायका सेवा/समूह / उपसमूहका पदहरुका लागि निजामती सेवा ऐन, २०४९ (चौथो संशोधन) को दफा २४ घ १ क तथा कर्मचारी समायोजन ऐन, २०७५ को दफा १४ को उपदफा ४ बमोजिम सम्भाव्य उम्मेदवारहरुले लोक सेवा आयोगबाट निर्धारित दरखास्त फाराममा उल्लेखित विवरण खुलाई मिति २०७७/१२/३१ सम्ममा सम्बन्धित बढुवा समितिको सचिवालयमा दरखास्त दिन लोक सेवा आयोगले सूचना दिएको छ । म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारबाही नगरिने आयोगले जानकारी दिएको छ । दरखास्त फाराम लोक सेवा आयोगको वेबसाइट www.psc.gov.np बाट डाउनलोड गर्न सकिन्छ ।

उम्मेदवारहरुले दरखास्त दिँदा ध्यान दिनुपर्ने विषयहरु:

(क) निजामती सेवा ऐन, २०४९ को दफा २४घ१क (२) बमोजिम श्रेणी विहीन पदमा वा राजपत्र अनंकित पाँचौं श्रेणीको पदमा आवद्ध भएका उम्मेदवारलाई श्रेणी विहीन पदमा गरेको सेवा अवधि समेत गणना गरी कम्तीमा कूल सेवा अवधि २० वर्ष पूरा भएको हुनुपर्नेछ ।

(ख) निजामती सेवा ऐन, २०४९ को दफा २२ बमोजिम बहुवाको लागि सम्भाव्य उम्मेदवार हुन अयोग्य नभएको हुनुपर्नेछ ।

(ग) निजामती सेवा ऐन, २०४९ को दफा २४ को उपदफा ३ बमोजिम सम्भाव्य उम्मेदवारको कार्यसम्पादन मूल्याङ्कन वापत अंक गणना गर्दा असार मसान्तसम्मको हिसाबले र अन्य अंकको गणना गर्दा विज्ञापन प्रकाशन गर्दा तोकिएको दरखास्त दिने अन्तिम मिति सम्म हासिल गरेको अंक गणना गरिनेछ।

(घ) पहिलेको सेवा अवधिको गणना सम्बन्धमा निजामती सेवा नियमावली, २०५० को नियम १२३ बमोजिम हुनेछ । सो को लागि सेवा अवधि प्रमाणित भएको हुनुपर्नेछ ।

(ङ) दरखास्त फाराम भर्दा निजामती किताबखानाबाट आफूले पाएको संकेत नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।

(च) समकक्षता निर्धारण गर्नुपर्ने शैक्षिक योग्यताको हकमा समकक्षता निर्धारण गरेको प्रमाणित प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

(छ) दरखास्त फारामको सम्पूर्ण महलहरुमा उल्लेख भए बमोजिमका विवरणहरु स्पष्ट खुलाउनु पर्नेछ ।

(ज) दरखास्त दस्तुर रु. ३००।- (तीन सय) बुझाउनु पर्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x