
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार मञ्जुश्री फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १८ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । फाइनान्सको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो। मञ्जुश्री फाइनान्स लिमिटेडको कुल जम्मा १४ लाख ७२ हजार ६३६.२७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
हाल यस मञ्जुश्री फाइनान्स लिमिटेडको चुक्ता पुँजी ९६ करोड ५३ लाख ९५ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ११ करोड ३४ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । मञ्जुश्रीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ भने १४२ रुपैयाँ १० पैसा रहेको छ ।
