कामना सेवा विकास बैंकको ८७औं शाखा ठमेलमा

ज्ञानमाण्डू।कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौको ठमेलमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तारको क्रममा ८७औं शाखा कार्यालय बिस्तार गरेको हो । उक्त नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरेका हुन् ।


उक्त कार्यक्रममा बोल्दै, प्रमुख कार्यकारी अधिकृत बस्नेतले कार्यलय संचालनमा आएको साढे ३ वर्षमा नै डेभलपमेन्ट बैंकहरुमध्ये अब्बल भई कार्य गर्दै आएका छौ, एउटा कुनै क्षेत्रमा अब्बल भएर हुदैन् समग्र बैंक अब्बल हुनका लागि व्यापार प्रवद्र्धन, ग्राहकहरुको खुसी लगायतका अन्य बैंकिङ कारोबार अब्बल हुनु जरुरी छ, उनले भने सबैभन्दा पहिला हामी ग्राहकहरुको खुसी चाहान्छौ । साथै, बैंककोकार्यक्रममा उनले हाल सम्मको बैंकको अवस्थाको बारेमा संक्षिप्त जानकारी दिँदै भावी योजनाहरुको बारेमा प्रकाश पारेका थिए ।

त्यसैगरी बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले द्रुतगतिमा शाखा तथा कारोबार विस्तार गरेकोमा खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x