धितोपत्र बजारमा ३.७०% को गिरावट, १०८.२६ अंकले घटेको नेप्से परिसूचक २८१८.७३ को विन्दुमा कायम


ज्ञानमाण्डू। साताको पहिलो कारोबारी दिन धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक भारि अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०८ दशमलव २६ अंकले घटेर २८१८ दशमलव ७३ को विन्दुमा कायम भएको छ । नेप्से परिसूचक १०८ दशमलव २६ अंकले घट्दा धितोपत्र बजारमा ३ दशमलव ७० पतिशतको गिरावट आएको छ। यस्तै, सेन्सेटिभ परिसूचक १९ दशमलव ७६ अंकले घटेर ५२२.०२ को विन्दुमा पुगेको छ ।


यस दिन नेप्से खुलेको २ घण्टा नबित्दै ५ प्रतिशत घटे पश्चात बजारमा सर्किट ब्रेक लागि ४० मिनेटको लागि बजार बन्द भएको थियो। त्यसपछि खुलेको बजार केही सुधार हुँदै ३.७० प्रतिशत घटेर बन्द भएको हो।




आज कूल २२३ कम्पनीका २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर रु ११ अर्ब २४ करोड ०३ लाख ९१ हजार ०४४ मा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४४ अर्ब ९५ करोड ३९ लाख ११ हजार ५१३ बराबर पुगेको छ ।


कारोबार भएका कूल १३ उपसमूहको शेयर मध्ये अधिकांश उपसूचकहरु ऒरालो लागेका छन् । बैंकिङ उपसमूह ४४ दशमलव ५१ अङ्कले घट्दा ट्रेडिङ उपसमूह २१६ दशमलव ६४ अङ्कले, होटल तथा पर्यटन उपसमूह १६१.२ अङ्कले, विकास बैंक उपसमूह ३९४.८ अङ्कले, जलविद्युत २१६ .९५ अङ्कले, वित्त उपसमूह २३९.०८ अङ्कले, निर्जीवन बीमा ५१९.४६ अङ्कले, उत्पादन उपसमूह १७५.३२ अङ्कले, अन्य उपसमूह ८३.१५ अङ्कले, लघुवित्त उपसमूह १६२.९५ अङ्कले, जीवन बीमा ५११.७८ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ३१ अङ्कले र लगानी उपसमूह ४ दशमलव ८५ अङ्कले घटेको छ।



जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.०१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंकको परिसूचक ७.२१ प्रतिशत, हाइड्रोपावरको ६.५१ प्रतिशत र व्यापारको ६.०५ प्रतिशत घटेको छ। कारोबारमा आएको होटल तथा पर्यटन, अन्य र लगानी उपसमूहको परिसूचक यस दिन ४ प्रतिशतभन्दा बढी घटेको छ।


कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७० करोड ३३ लाख ३० हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। उक्त कम्पनीको मूल्य आज ७.५६ पतिशतले घटेको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। उक्त कम्पनीको मूल्य आज १.४५ पतिशतले घटेको छ।



नेप्से परिसूचक १०८ दशमलव २६ अंकले घट्दा १४ कम्पनीको मात्र शेयरमूल्य बढेको छ। जसमध्ये सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ।

आइतबार कारोबारमा भएका २२३ कम्पनीमध्ये एक दर्जन कम्पनीको शेयर १० प्रतिशतले घटेको छ भने २० कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन रिलायन्स फाइनान्स, जानकी फाइनान्स, नारायणी विकास बैंक, नेपाल फाइनान्स, अरुण काबेली, सीईडिबी हाइड्रो, समृद्धि फाइनान्स, गुडविल फाइनान्स, हिमालयन उर्जा, आइसीएफसी फाइनान्स, यूनिभर्सल पावर कम्पनी र रु रु जलविद्युतको शेयरमूल्य १० प्रतिशत घटेको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x