विश्वकप छनोटको लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा

ज्ञानमाण्डू।सिङ्गापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।नेपालले आइतबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै कप्तान पारस खड्काको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो ।

कप्तान पारस खड्का,प्रशिक्षक उमेश पटवाल र आईसीसीका प्रतिनिधि अमिनुल इस्लामले टोली छनोट गरेका हुन् । गत माघमा भएको युएईसँगको सिरिज खेल्नबाट वञ्चित भएका शरद भेषवाकरले, घोषणा टोलीमा कम ब्याक गरेका छन् भने पछिल्लो एक वर्ष यता राष्ट्रिय टिमबाट नियमित खेल्दै आएका आरिफ शेख टोलीमा छैनन् । युएई टुरमा रहेका सन्दीप जोरा पनि यस टोलीमा अटेका छैनन् ।

आईसीसी टी ट्वान्टी एसिया छनोट आगामी जुलाई २०-२८ सम्म सिङ्गापुरमा हुने छ । प्रतियोगितामा नेपालसहित, सिङ्गापुर, कुवेत, मलेसिया र कतार रहेका छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनोटको लागि प्रतिस्पर्धा हुने छ । एसिया कप छनोट अघि नेपालले मलेसियासँग जुलाई १३ र १४ मा दुई टी ट्वान्टी सिरिज खेल्ने कार्यक्रम छ । नेपाल जुलाई ९ मा मलेसिया जाने छ ।

नेपालको १४ सदस्य टोली:
पारस खड्का(कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, प्रदीप ऐरी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, पवन सरार्फ, अभिनाष बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी

वैकल्पिक खेलाडी:
कुशल भुर्तेल, जितेन्द्र मुखिया, आरिफ शेख, सुसन भारी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x