ग्लोबल आइएमई बैंकको नाफामा ३७ प्रतिशतकाे वृद्धि

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकको नाफा ३७ प्रतिशतले वृद्धि भएको छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ५३ करोड ४७ लाख नाफा कमाएको थियो भने अहिले ७३ करोड ४६ लाख नाफा कमाएको देखिन्छ ।

१० अर्ब ४३ करोड ६५ लाख १५ हजार ९५९ रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकले १ खर्ब २८ अर्ब ९९ करोड २ लाख ३३ हजार ३० रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब ४८ करोड ७१ लाख ८० हजार ३६३ रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब १ करोड ३२ लाख २६ हजार ५१८ रुपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३०.२९ प्रतिशतले वृद्धि भएको छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ०.८५ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ७० पैसा छ र मूल्य आम्दानी अनुपात १०.२२ गुणा बढी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x