अशोक लेलैण्ड र एनएमबि बैंक बिच सम्झौता

ज्ञानमाण्डू। आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवर्द्धित अशोक लेलैण्ड र एनएमबि बैंक बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट Chief Business Officer, सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गर्नुभएको हो ।

यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि  समझौतापत्रमा हस्ताक्षर भएको छ । यसै अनुरुप बैंकको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका Dost Model का सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिसत सम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।
यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताउनु भयो । कर्जा सुविधा मात्र नभई दुवै कंपनीबिच संयुक्त रुममा Brand Awareness का लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।

LCV Segment अन्तर्गत Dost Model का सवारी साधन हरु विभिन्न application जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर तथा महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x