एआइएमटी र साइन्टिफिक लर्निङ्ग सेन्टरले सहकार्य गर्ने

ज्ञानमाण्डू। बानेश्वोर काठमाडौँ स्थित एसियन इन्स्टिच्यूट अफ म्यानेजमेन्ट ट्रेनिंग (एआइएमटी) र कोटेश्वोर काठमाडौँ स्थित साइन्टिफिक लर्निङ्ग सेन्टर प्रा.लि. (एसएलसी) बिच  सामाजिक, आर्थिक तथा व्यवसायिक क्षेत्रका विविध विषयहरूमा तालीम, प्रशिक्षण,  सेमिनार आदि कार्यक्रमहरू सञ्चालन गर्ने सम्बन्धमा एकआपसमा समन्वय गरी सञ्चालन गर्ने सहमति भएको छ। 
बैङ्क, वित्तीय संस्था तथा अन्य कर्पाेरेट क्षेत्रमा मानव संसाधन विकास तथा प्रबर्धनार्थ तालीम कार्यक्रमहरू सञ्चालन गर्दै आएको एआइएमटी र शेयर बजार, विद्यार्थीको क्षयमता विकास, सिकाई तथा व्यक्तिमा अन्तर्निहित जन्मजात क्षमताको पहिचान, व्यक्तिमा अन्तर्निहित Learning Style, Aptitude and Intelligence Identification Test जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको साइन्टिफिक लर्निङ्ग सेन्टर बिच एक अर्काले सञ्चालन गर्ने कार्यक्रम  एक आपसमा समन्वय गरी संयुक्त रूपमा सञ्चालन गर्न सक्ने कुरा संस्थाद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ।  

एसएलसीद्वारा प्रकाशित/सञ्चालित ज्ञानमाण्डू डट कमले (gyanmandu.com) दुवै संस्थाका गतिविधिहरूलाई प्रकाशन गरी मिडिया पार्टनरको रूपमा काम गर्ने कुरा समेत विज्ञप्तिमा जनाइएको छ। उक्त समन्वय पत्रमा  एआइएमटिको तर्फबाट सो संस्थाकी प्रबन्ध सञ्चालक सेलिषा छेत्री र एसएलसीको तर्फबाट सो संस्थाका प्रमुख कार्यकारी अधिकृत उत्सव ढकालले हस्ताक्षर गरेको कुरा प्रकाशित संयुक्त विज्ञप्तिमा जनाइएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x