श्रावण महिनामा नयाँ व्यापार गर्न कुन जीवन बीमा कम्पनी तगडा ?


ज्ञानमाण्डू।२७.३८ प्रतिशतले व्यापार वृद्धि गर्न सफल जम्मा १९ वाट जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिनासम्ममा कुल १६ अर्ब ६१ करोड रुपैंया बीमा शुल्क आर्जन गरेका छन् । त्यसमध्ये, उक्त जीवन बीमा कम्पनीहरूले २ अर्ब ७४ करोड रुपैंया प्रथम बीमा शुल्क, १३ अर्ब ७८ करोड रुपैंया नविकरण शुल्क र ९ करोड रुपैंया बैदेशिक रोजगार बीमा शुल्क संकलन गरेका छन्। यहाँ हामीले १९ वटा जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिनासम्म आर्जन गरेको प्रथम बीमा शुल्क अथवा चालु आर्थिक वर्षको श्रावण महिनासम्ममा जीवन बीमा कम्पनीहरूले गरेको नयाँ व्यापारका बारेमा चर्चा गर्नेछौँ।

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक प्रथम बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले श्रावण महिनामा कुल ५८ करोड प्रथम बीमा शुल्क संकलन गरेको देखिन्छ। त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले यहि श्रावण मसान्तसम्ममा कुल २५ करोड प्रथम बीमा शुल्क संकलन गरेको देखिन्छ। त्यसैगरी, प्रभु लाइफ इन्स्योरेन्सले पनि व्यापार विस्तार गर्दै श्रावण मसान्तसम्ममा २३ करोड प्रथम बीमा शुल्क आर्जन गर्ने सफल भएको छ। तथ्यांक अनुसार उक्त तिन जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिनासम्ममा २० करोड अधिक प्रथम बीमा शुल्क संकलन गरेको देखिन्छ। 

यता, व्यापार विस्तारमा लागि परेको युनियन लाइफ इन्स्योरेन्सले यहि श्रावण मसान्तसम्ममा १९ करोड प्रथम बीमा शुल्क संकलन गरेको देखिन्छ। रिलायबल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्सले दुवैले १८ करोड, आइएमई लाइफले १४ करोड, एसियन लाइफ र मेट लाइफ दुवैले १३ करोड, ज्योति लाइफ र सूर्या लाइफ दुवैले ११ करोड, रिलायन्स लाइफले ९ करोड, सन नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल दुवैले ८ करोड र महालक्ष्मी लाइफले ६ करोड प्रथम बीमा शुल्क संकलन गरेका छन्। त्यसैगरी, ४ जीवन बीमा कम्पनीहरू प्राइम लाइफ, गुराँस लाइफ, हाल चालै प्राथमिक शेयर निष्काशन गरेको सानिमा लाइफ र राष्ट्रिय बीमा संस्थानले समान ५ करोड रुपैँया बराबरको प्रथम बीमा शुल्क संकलन गरेको देखिन्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x