Daraz, Sastodeal, Gyapu र CG|LG Digital मा डिजिटल भुक्तानी गर्दा २०% सम्म छुट तथा आकर्षक नगद फिर्ता



ज्ञानमाण्डू। एन आई सी एशिया बैंकले विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ । यस आकर्षक योजना अन्तर्गत Daraz बाट २०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म, Sastodeal बाट २०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म र Gyapu बाट २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुने बैंकले जनाएकाे छ । त्यसैगरी CG|LG Digital बाट २०७८ चैत्र ३० का दिन रू. २०,००० भन्दा बढीको सामग्री खरिद गरी यस बैंकका ग्राहकहरूले POS तथा ई–कमर्श मार्फत भुक्तानी गर्दा रू. २०७९ नगद फिर्ता (Cashback) हुने योजना समेत बैंकले ल्याएको बताएकाे छ । देशमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट व्यवस्था गरेको बैंकले जनाएकाे । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको iServe मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सकिने बैंकले जनाएकाे

यस योजना अनुसार उपर्युक्त ई–कमर्शबाट निम्नलिखित छुट प्रदान गरिएको छ :

साथै, बैंकले Fonepay सँग सहकार्य गर्दै NIC ASIA MoBank मार्फत २०७८ चैत्र ३० का दिन QR भुक्तानी गर्नुहुने ग्राहकहरूलाई १० प्रतिशत वा रू. १०० नगद फिर्ता (Cashback) प्राप्त हुने व्यवस्था गरेको बैंकले बताएकाे छ । जसमा एक जना ग्राहकले अधिकतम ३ वटा सम्म कारोबार गर्दा उक्त नगद फिर्ताको लाभ प्राप्त हुने बैंकले जनाएकाे । साथै, सोहि दिन QR भुक्तानी गर्नुहुने र QR भुक्तानी लिने १०/१० जना भाग्यशाली ग्राहकहरू र मर्चेन्टहरूलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र सोहि क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टको अवसर रहेको बैंकले जनाएकाे

बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेकाे जनाएकाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x