रोमाद्वारा रियल मड्रिड पराजित

ज्ञानमाण्डू।प्रि–सिजन टूर अन्तर्गत मैत्रीपुर्ण खेलमा इटालियन क्लब रोमाले स्पेनिस क्लब रियल मड्रिडलाई पराजित गरेको छ ।निर्धारित समयको खेल २–२ गोलको बराबरीमा रोकिएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा घरेलु टोली रोमा ५–४ ले विजयी बन्यो । रियलका तर्फबात मार्सेलोको प्रहार असफल भएपछि ईटालियन क्लब विजयी बनेको हो ।
खेलको १६औं मिनेटमा कप्तान मार्सेलोको गोलबाट रियलले खेलमा अग्रता लिएको थियो । ३४ औ मिनेटमा डिएगो पेरोट्टीले जवाफी गोल फर्काउदै खेल बराबरीमा ल्याए ।३९औं मिनेटमा क्यासमिरोले गोल गरेपछि रियाल पुन खेलमा २–१ ले अघि बढेको थियो । तर, त्यसको १ मिनेटपछि नै इडेन जेकोले बराबरी गोल फर्काएपछि पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरेपनि थप गोल निस्कन नसक्दा खेल पेनाल्टीमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x