नाडाललाई चौथो युएस ओपन टेनिसको उपाधि

ज्ञानमाण्डू।स्पेनी टेनिस खेलाडी राफेल नाडालले सोमबार बिहान सम्पन्न फाइनलमा रसियाका डानिएल मेदवेदेवलाई पाँच सेटको रोमाञ्चक खेलमा पराजित गर्दै चौथो यूएस ओपन जितेका छन् ।

यूएस ओपन पुरुष एकल फाइनलमा राफेल नदालले डानिल डानिएल मेदवेदेवलाई ७–५, ६–३, ५–७, ४–६ र ६–४ ले हराए । सन् २०१०, २०१३ र २०१७ मा ट्रफी जितेका नाडालले पहिलो दुई सेट ७-५, ६-३ जितेका थिए भने मेदवेदेवले अर्को दुई सेट ५-७, ४-६ जित्न सफल रहे ।मेदवेदेवले नदाललाई कडा प्रतिस्पर्धा दिएता पनि अन्तिम सेट नदालकै पक्षमा रह्यो । अन्तिम सेटमा नदाल ६–४ ले अघि रहँदै प्रतिस्पर्धा आफ्नो तर्फ मा पार्न सफल भए ।

जीतसँगै नाडालको आफ्नो ग्रान्ड स्ल्यामको सङ्ख्या १९ पुगेको छ, जुन २० वटा ग्रान्ड स्ल्याम उपाधिसहित सूचीमा अग्रणी रहेका रोजर फेडरर भन्दा मात्र एक कम हो। खेल विश्वभरि लाखौँ प्रशंसकहरूले हेरेका थिए । खेल बिहान 1:30 IST मा सुरु भएर, पाँच घण्टा चार मिनेट चलेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x