शिक्षक लाइसेन्स परीक्षा असोज दोस्रो साता(सूचना सहित)

ज्ञानमाण्डू। शिक्षक सेवा आयोगले असोज दोस्रो साता अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । प्राथमिक, माध्यमिक र निम्न माध्यमिक तहको परीक्षा क्रमशः असोज ९, १० र ११ गते हुनेछ । असार २ को विज्ञापनमा २ लाख ८३ हजार जनाले शिक्षक लाइसेन्स लिन आवेदन दिएका थिए । आयोगले पहिलो पटक तहअनुसार विषयगत रूपमा अध्यापन अनुमतिपत्रको परीक्षा लिन लागेको हो । तीनै तहको ४० पूर्णाङ्क बराबरको उत्तरपुस्तिकासमेत यस पटक मेसिनबाट परीक्षण गरिने आयोगका प्रशासकीय प्रमुखले जानकारी दिए । अप्टिकल मार्क रिडर (ओ एम आर) प्रविधिबाट उत्तर पुस्तिका परीक्षण गर्न लागिएको हो ।

आवेदकहरूको फारम रुजु गर्ने काम जारी रहेकाले कति परीक्षार्थी हुन्छन् भन्ने यकिन भइसकेको छैन । भदौ १५ सम्म रुजु सकेर प्रवेशपत्र प्रिन्ट गर्ने व्यवस्था गरिने आयोगले जनाएको छ । आयोगले २ लाख ५० हजार हाराहारीमा परीक्षार्थी हुने अनुमान गरेको छ । अनलाइनबाट आवेदन दिने व्यवस्था गरिएकाले परीक्षार्थीहरूले आफैँ प्रवेशपत्र प्रिन्ट गर्न सक्नेछन् ।

३ घण्टाको परीक्षामा ४० मिनेट वस्तुगत र ६० पूर्णाङ्क बराबर २ घण्टा २० मिनेट विषयगत परीक्षा हुनेछ । पहिले हुने ४० मिनेटको परीक्षाको उत्तर पुस्तिका मेसिनबाट परीक्षण गरिने हुँदा आयोगले परीक्षार्थीहरूलाई सचेत हुनसमेत आग्रह गरेको छ । मेसिनले परीक्षण गर्ने उत्तर पुस्तिका मोड्न वा कुच्याउन नहुने, वस्तुगत प्रश्नको गोलाकार चिह्नभित्र सङ्केत गरेर निरीक्षकलाई बुझाउनुपर्नेछ ।

यसअघि शिक्षा मन्त्रालयले चिकित्सा शिक्षाको परीक्षाका लागि ल्याएको ओ एम आर मेसिन शिक्षक सेवा आयोगले प्रयोग गर्न लागेको हो । लोकसेवा र मेडिकल शिक्षाको स्नातक र स्नाककोत्तरको तहको परीक्षामा पनि यस्तो मेसिनको प्रयोग हुँदै आएको छ ।

प्राविमा ८३ हजार, निमाविमा १ लाख २७ हजार र मावि तहमा ७६ हजार जनाले शिक्षण अनुमतिपत्रका लागि आवेदन दिएका छन् । सामुदायिक विद्यालयमा शिक्षक थोरै रहेका विज्ञान, गणित र अङ्ग्रेजी विषयमै लाइसेन्सका लागि सबैभन्दा कम आवेदन परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x