धितोपत्र बजारमा ५.११ अंकको वृद्धि, नेप्से परिसूचक २८७५.४९ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ११ अंकले बढेर २८७५ दशमलव ४९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव १७ अंकले बढेर ५३३ दशमलव ५७ को विन्दुमा पुगेको छ ।
 

आज कूल २१९ कम्पनीका १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता शेयर रु ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये सात् उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ६ दशमलव ९५ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह २० दशमलव २७ अङ्कले, लघुवित्त उपसमूह १११.४ अङ्कले, जीवन बीमा १४.०६ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०२ अङ्कले र लगानी उपसमूह २ दशमलव ३५ अङ्कले बढेको छ । यता, ट्रेडिङ उपसमूह ३२ दशमलव ३२ अङ्कले घट्दा विकास बैंक उपसमूह ७० दशमलव ५८ अङ्कले, जलविद्युत ६५.९५ अङ्कले, वित्त उपसमूह ५६.७ अङ्कले, निर्जीवन बीमा ३७.२७ अङ्कले, उत्पादन उपसमूह १२.४८ अङ्कले र अन्य उपसमूह ३.९ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x