हिमालयन बैंककाे नाफा ६९ करोड ४२ लाख

ज्ञानमाण्डू। हिमालयन बैंकको नाफा ६.८६ प्रतिशतले वृद्धि भएको छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ६४ करोड ९६ लाख नाफा कमाएको थियो भने अहिले ६९ करोड ४२ लाख नाफा कमाएको देखिन्छ । 

८ अर्ब ५२ कराेड २ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयन बैंकले १ खर्ब १५ अर्ब ४८ करोड ३ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी  ९७ अर्ब ७० करोड ६८ लाख १ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा (Reserve+Retained Earnings) ८ अर्ब १६ कराेड ५० लाख ४८ हजार रुपैयाँ रहेको छ र वितरण योग्य नाफा १९ कराेड ८८ लाख रुपैयाँ छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ०.४६ प्रतिशतले वृद्धि भएर १ अर्ब ३१ करोड ८८ लाख ७९ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात १.१६ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ५९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ८३ पैसा छ र मूल्य आम्दानी अनुपात १५.४० गुणा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x